दफा ४५५
हकवालाले हकसफा गरी लिन सक्ने

(१) कसैले आफ्नो अचल सम्पत्ति बिक्री गरेकोमा त्यस्तो सम्पत्तिमा सन्धिसर्पन पर्ने हकवालाले त्यस्तो सम्पत्ति खरिदगर्ने व्यक्तिले तिरेको रकम र लिखत पारित गर्दा लागेको दस्तुर निजलाई बुझाई त्यस्तो सम्पत्ति हकसफा गरी लिनसक्नेछ ।
(२) उपदफा (१) बमोजिम हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवालाले, त्यस्तो हकवालाएकभन्दा बढी भएमा सबभन्दा बढी सन्धिसर्पन पर्ने हकवालाले र त्यस्तो हकवाला पनि एकभन्दा बढी भएमा समान अनुपातमासबै हकवालाहरूले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछन्।
(३) उपदफा (२) बमोजिम नजिकको हकवालाले त्यस्तो सम्पत्ति हकसफा गरी नलिएमा प्राथमिकताक्रमको आधारमा सबैभन्दा नजिककोहकवालाले त्यस्तो सम्पत्ति हकसफा गरी लिन सक्नेछ ।